६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

अर्घाखाँचीका ६ स्थानीय तहले संघीय सरकारबाट कति कति पाए बजेट ?



बिष्णु कुमार आले, अर्घाखाँची ।
जिल्लाका ६ स्थानीय तहलाई २ अर्ब ६८ करोड ८ लाख बजेट छुट्याइएको छ । संघीय सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा प्रदेश नं ५ को पहाडी जिल्ला अर्घाखाँचीमा ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ वटा स्थानीय तहलाई २ अर्ब ६८ करोड ८ लाख बजेट छुट्याइएको हो ।

जसमध्ये सन्धिखर्क नगरपालिकाले सबैभन्दा बढी ६० करोड १९ लाख बजेट छुट्याइएको छ । जसको क्षेत्रफल १२९.४२ बर्गकिलोमिटर रहेको छ ।

यस्तै शीतगंगा नगरपालिकाले ४९ करोड १६ लाख छुट्टाईएको छ । जसको क्षेत्रफल अतिक्रमण बाहेक ६१०.४३ बर्ष्किलोमिटर रहेको छ । यो नगरपालिका देशकै ठुलो नगरपालिका हो । तर, तुलनात्मक रूपमा निकै न्युन रकम हो ।

भूमिकास्थान नगरपालिकालाई ४० करोड ८५ लाख रकम छुट्टाईएको छ । यसको क्षेत्रफल १५९.१३ बर्गकिलोमिटर रहेको छ ।

यसै गरी पाणिनी गाउँपालिकाले ४३ करोड ४५ लाख प्राप्त गरेको छ । यसको क्षेत्रफल १५१.४२ बर्गकिलोमिटर रहेको छ ।

जिल्लाको मालारानी गाउँपालिकाले ३९ करोड २४ लाख रकम हात पारेको छ । यसको क्षेत्रफल १०१.०६ बर्ग्किलोमिटर रहेको छ ।

छत्रदेव गाउँपालिकामा ३५ करोड १९ लाख रकम छुट्टाईएको छ । यसको क्षेत्रफल ८७.६२ बर्गकिलोमिटर रहेको छ ।

नेपालकै ठुलो शीतगंगा नगरपालिकामा बर्षेनी अरू साना पालिकाको दाजोमा राखेर बजेट बिनियोजन भैरहदा बिकासले फड्को मार्न नसकेको नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताए । काम गर्न धेरै योजना अगाडी सारिन्छ तर प्रयाप्त बजेट नआउदा योजनाका काम पुरा गर्न नसकिएको नगर प्रमुख अधिकारीको भनाई छ । पटक पटक प्रयाप्त बजेट छुट्टाईदिन आग्रह गर्दा पनि सुनुवाई नभएको उनले गुनासो गरे ।

शीतगंगा नगरपालिकामा एकिकरण बस्ती व्यवस्थापनको प्रक्रिया अगाडि बढाई दिन पटक पटक आग्रह गरपनि सरकारले चासो नदिएको उप प्रमुख टिका रेश्मीमगरले बताए । ‘भुगोल ठुलो छ, प्रयाप्त बजेट आउदैन, थोरै बजेट सबै ठाँउ पुराउदा बिकासको काम नदेखिने प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले भने ।

शीगगंगामा आउने बजेट तुलनात्मक रूपमा निकै साँगुरो रहेको स्थानीय बासिन्दाको भनाई छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  १२ : ११ बजे