बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँची जिल्लामा क्वारेनटाइनमा बस्नेको संख्या बढेको बढै छ । गएको २४ घण्टामा अर्घाखाँची जिल्लामा ३ सय ७० जना बाहिरबाट आएका छन् । जिल्लाका स्थानीय सरकारले निर्माण गरेका क्वारेनटाइनमा ४ हजार १ सय ६९ जना बसेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जिल्लाका ६ वटा स्थानीय सरकारले १ सय ८३ स्थानमा निर्माण गरेका क्वारेनटाइनमा सोमबार दिउँसो ३ बजेसम्म ४ हजार १ सय ६९ जना व्यक्तिहरु रहेको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।
जसमध्ये सन्धिखर्क नगरपालिकामा ५६९ जना, शीतगंगा नगरपालिकामा ९३० जना, भूमिकास्थान नगरपालिकामा १ हजार ८१ जना, छत्रदेव गाउँपालिकामा ३४९ जना, मालारानी गाउँपालिकामा ७६४ जना र पाणिनी गाँउपालिकामा ४८२ जना रहेको सहायक प्रजिअ खनालले बताए ।
अर्घाखाँचीका स्थानीय तहहरूले निरन्तर क्वरेन्टीनको संख्या बढाउदै गएको र त्यसमा बस्नेहरुको संख्या पनि बढ्दो रहेको छ । अधिकांस क्वरेन्टीनमा भारतबाट आएका मानिसहरु नै बसेको जनाईएको छ ।
हालसम्म सन्धिखर्क नगरपालिकामा १७, शीतगंगा नगरपालिकामा ५८, भूमिकास्थान नगरपालिकामा ३८, छत्रदेव गाउँपालिकामा १८, मालारानी गाउँपालिकामा २९ र पाणिनी गाँउपालिकामा २३ गरी कुल १ सय ८३ स्थानमा क्वारेनटाइनको निर्माण गरिएको छ ।
पछिल्लो दिन मात्रै ३७० जना भारतबाट आएकाहरुलाई बिभिन्न पालिकाले निर्माण गरेका क्वारेनटाइनमा राखीएको छ । यस्तै जिल्लाभर १ सय ८३ स्थानका क्वारेनटाइनमा ४ हजार ३ सय ८९ वटा बेड रहेका छन । जिल्लाको सन्धिखर्कस्थित हटारीमा ४५ बेडको आईसोलेशनमा दुई जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।







प्रतिक्रिया