४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

जेठ २५ भित्र कर तिर्न सकिँदैन, सरकार नसच्चिए बालुवाटार घेर्छौँ–अध्यक्ष पौडेल (अन्तर्वार्ता)



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले सरकारले भनेको समयमा कर तिर्न नसकिने बताउनु भएको छ । जेठ २५ गतेभित्र कर तिर्नू अन्यथा जरिवाना ठोक्छौँ भन्ने सरकारी नीति ब्यसायीलाई धरासयी बनाउने हिसाबमा आएको भन्दै उहाँले आक्रोश पोख्नु भएको छ ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको बुधबारको कोरोना विशेष कार्यक्रममा निकै आक्रोशित भएर अन्तर्वार्ता दिनुभएका उहाँले कुनै हालतमा पनि ब्यावसायीले जेठ १५ गते कर तिर्न नसक्ने जनाउँदै केन्द्रबाटै नै यस विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘तीन महिनादेखि ब्यापार बन्द छ । उद्योगमा ताला लागेको छ । बैङ्कले कर छुट दिँदैन्न्, घरबेटीले घरभाडा ठोकेरै लिन्छन् । यस्तो अवस्थामा कसरी कर तिर्ने अर्थमन्त्री ज्यू ?”

कोरोनाको जाँतोमा पिसीएका ब्यवसायी र ब्यापारीलाई समस्या नै नबुझी सरकारले करको जाँतोमा पिस्न लागेको भन्दै सरकार नसच्चिए बालुवाटार घर्ने उहाँले चेतावनी दिनुभयो । उद्योगीका नेता समेत रहनुभएका पौडेलले सरकारले जहिले पनि नीजि क्षेत्रलाई चेपुवामा पार्ने नीति अख्तियार गरिरहेको भन्दै डाक्टर नामका अर्थमन्त्री युवराज खतिवडा ब्यवसायीका दुश्मन भएर लागेको बताउनु भयो ।

सरकारको यस निर्णयविरुद्ध उद्योग बाणिज्य संघ, महासंघ, उद्योग परिसंघ सबै एकजुट भएको भन्दै रणनीति तय गर्न लागेको बताउँदै उहाँले नआत्तिन ब्यवसायीलाई आग्रह गर्नुभयो ।

बाँकी कुरा सुन्न तल क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७ बुधबार ००:००  ९ : ४० बजे