२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

थपिए पाल्पामा दुईजना कोरोना संक्रमित



तानसेन ।
पाल्पामा थप दुईजनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । रामपुर नगरपालिका ४ मटेरीको सहरी स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा रहेका २३ र २८ वर्षीय पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।दुवैजना पुरुष रामपुर नगरपालिकाका रहेका छन्।

यसअघि रैनादेवी छहरा गाउँपालिकामा २ जना माथागढी गाउँपालिका १ र निस्दी गाउँपालिकाका २ गरी ५ जनामा संक्रमण देखिसकेको छ। ५ जनालाई तानसेनको आइसोलेसनमा राखिएको छ । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा संक्रमण देखिएका ७ जना केही दिनअघि मात्र भारतका विभिन्न सहरबाट आएका थिए । रामपुरमा देखिएका २३ र २८ वर्षीय युवा केही दिनअघि कपिलवस्तु सीमाबाट ६ जनाको टोलीसँगै जिल्ला आएका थिए।

संक्रमित व्यक्तिको सम्पर्कमा रहेका अन्या व्यक्तिको कन्ट्रयाक ट्रेसिङ्गको आधारमा स्वाब संकलनको काम भइरहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७ बुधबार ००:००  ११ : ०७ बजे