७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सरकार सच्चियो, असार ७ गतेसम्म कर तिरे हुने (अन्तर्वार्ता)



मायादेवी अनलाइन, चार नम्बर ।
जेठ २५ गतेसम्म कर भुक्तानी गर्न भनेको सरकार ब्यापक जनविरोधपछि कर भुक्तानी समय थप्न तयार भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँगको छलफलमा अर्थसचिव शिशिरकुमार ढुंगानाले कर भुक्तानी समय थप गर्न तयार रहेको बताएका छन् ।

 आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको हो । विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।


यद्यपी महासंघले असार मसान्तसम्म म्याद थप्न अनुरोध गरेको थियो । रेडियो मायादेवीसंग बुधबार दिउँसो भएको संबादमा महासंघका अध्यक्ष भवानी राणा र उपाध्यक्ष किशोर प्रधानले सो कुराको जानकारी दिनुभयो ।

छलफलपछि राजस्व विभागले पनि आजै समय बढेको सूचना सार्वजनिक गरेको छ । अर्थ सचिवसंगको छलफलपछि उहाँहरुले मायादेवीसंग पहिलोपटक अन्तर्वार्ता दिँदै यो कुराको जानकारी गराउनु भएको हो ।

छलफलमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा पनि सहभागी हुनु भएको थियो । उद्योग समितिका सभापति अञ्जन श्रेष्ठ सचिव ढुंगानासँग छलफल गर्न पुग्नु भएको थियो ।

७१ दिनदेखि लकडाउन चलिरहँदा अर्थमन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले जेठ २५ गतेसम्म सम्पूर्ण कर भुक्तानी गरिसक्न मंगलबार सार्वजनिक सूचना जारी गरेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७ बुधबार ००:००  ३ : ५३ बजे