२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

हल्का लक्षण भएका कोरोना संक्रमित पनि घरमै आइसोसलनमा बस्न पाउने



काठमाण्डौँ ।
अब लक्षण नदेखिएका र कम देखिएका कोरोना भाइरस (कोभिड–१९) का संक्रमित घरमै आइसोलेसनमा बस्न सक्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनका लागि मापदण्ड बनाएको छ । यसअनुसार अब कसैको कोरोना परीक्षण नजिता पोजेटिभ आएमा लक्षण नभएका एसिम्योयाटिक, हल्का, माइल्ड, मध्यम, मोडरेटेड, गम्भीर, सेभियर, र नाजुक, क्रिटिकल, के हो भनेर यकिन गर्नुपर्छ ।

र, लक्षण नभएका र हल्का लक्षण भएकाहरु घरमै आइसोलेसनमा बस्न सक्नेछन् । तर यसका लागि लापना गर्नुपर्ने सर्तहरु छन् । हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठा राख्ने, उपचार अवधिभर बाहिर ननिस्कने र आवश्यक सामग्री परिवारका सदस्यहरुमार्फत मगाउने, खानपिनमा सावधानी, दिनमा तीन पटक ज्वरो जाँच गर्नेलगायत छन् ।

यसरी आइसोलेनमा बसेकाहरु मध्ये लक्षण नदेखिएकाहरु १४ दिनपछि छुट्नेछन् भने हल्का लक्षण देखिएकाहरु १४ दिनपछि लक्षण निको भएको तीन दिनपछि आइसोलेसननबाट निस्कन सक्नेछन् । यसका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रमाणीकरण गर्नुपर्नेछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७ बुधबार ००:००  ४ : २३ बजे