२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

देशभर २३०० पुगे कोरोना संक्रमित, थप एकजनाको मृत्यु



मायादेवी अनलाइन, चार नम्बर ।
नेपालमा बुधबार थप २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।
देशका विभिन्न जिल्लामा गरेर २ सय १ जना नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म कुल संक्रमितको संख्या २३ सय पुगेको छ ।

डा. देवकोटाका अनुसार देशका ६४ जिल्लामा कोरोना संक्रमण देखिएको छ । यता कोरोनाका कारण नेपालमा थप एक जनाको निधन भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूषको उपचारको क्रममा बुधबार मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो ।

उनलाई काठमाडौंको सिनामंगलको केएमसी अस्पतालबाट गएराति टिचिङ ल्याइएको थियो । उनको न्यूरो सर्जरी समेत गरिएको छ । संक्रमित वृद्धको लडेर टाउकोमा चोट लागेपछि उनलाई सुरूमा गौरीशंकर सामुदायिक अस्पताल भर्ना गरिएको थियो । तर जेठ ११ गते उनलाई अस्पतालले काठमाडौं रिफर गरिदिएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७ बुधबार ००:००  ४ : ५१ बजे