८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख नाघ्यो



एजेन्सी ।
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र आठ हजार नौ सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

भारतमा गएको केही हप्तादेखि सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ । जानकारहरुका अनुसार विश्वको सबैभन्दा धेरै जनसङ्ख्या रहेको दोस्रो देश भारतले सङ्क्रमणको सबैभन्दा खराब अवस्था भोग्नै बाँकी छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अब भारतमा सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख सात हजार ६ सय १५ भएको छ । अमेरिका, ब्राजिल र बेलायतसहित विश्वको सबैभन्दा धेरै प्रभावित ६ देशपछि भारत सातौँ नम्बरमा आइपुगेको छ ।

इण्डियन काउन्सिल अफ् मेडिकल रिसर्चकी डाक्टर निवेदिता गुप्ताले समाचार एजेन्सी रोयटर्ससँग भनिन्, ‘सङ्क्रमणको सबैभन्दा खराब स्थितिबाट हामी निकै टाढा छौँ ।’

यसअघि सरकारी अधिकारीहरुले यो महिनाको अन्तिमतिर वा जुलाईबाट सङ्क्रमणको दरमा कमी आउने आशा व्यक्त गरेका थिए । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म पाँच हजार आठ सय १५ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७ बुधबार ००:००  ५ : ०४ बजे