८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४ सय १४, वाणगंगामा ६ र यशोधरामा ६ थपिए



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा विहीबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार वाणगंगामा ६ जना र यशोधरा गाउँपालिकामा ६ जना संक्रमित थपिएका हुन ।

जस मध्ये वाणगंगा नगरपालिकाका चार वडामा गरेर ६ जनामा संक्रमण पुष्टि भएको छ । वडा नं. १ का २१ बर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

वडा नं. २ मा ८ बर्षीया बालिका र २६ बर्षीय दुई जना महिलामा संक्रमण पुष्टि भएको छ ।

वडा नं. ४ का एक ३४ बर्षीय पुरुषमा कोरोना देखिएको छ भने वडा नं. ७ का ३९ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यी संक्रमित कुन क्वारेनटाइन र समुदायका हुन अझै प्रष्ट हुन सकेको छैन ।

यता यशोधरा गाउँपालिकाको वडा नं. ७ का ६ जना पुरुषमा संक्रमण देखिएको छ । उनीहरुको उमेर समूह २२, २६, ३०, ३६, ४२, ४८ रहेको छ । यो संगै कपिलवस्तुमा संक्रमितको संख्या ४१४ पुगेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७ बिहिबार ००:००  ८ : ५५ बजे