८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३४ कोरोना संक्रमित थपिए, कुल संक्रमित संख्या पुग्यो २६३४



मायादेवी अनलाइन, चार नम्बर ।
कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेको छ । प्रदेश २ र कर्णाली प्रदेशमा कोरोना तीव्र गतिमा फैलिएको छ। कर्णालीको दैलेखमा मात्रै बिहीबार १०५ जना नयाँ संक्रमित भेटिएका छन् । बिहीबार मात्रै देशभर ३३४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार त्यतिका संख्यामा संक्रमित भेटिएका हुन्। यससँगै देशभर संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ।

मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा एकजना संक्रमित भेटिएका छन् । नारायणी अस्पताल पर्सामा पर्साका १५ वर्षीया किशोरीमा संक्रमण देखिएको छ । त्यसैगरी बीपी प्रतिष्ठान धरानमा १८ जना पोजेटिभ आएका छन् । जसमा झापा भद्रपुरको क्वारेन्टाइनमा रहेका ३ जना पुरुष, ताप्लेजुलङ घर भइ भोक्राहा सुनसरीको क्वारेन्टाइनका एकजना पुरुष, मोरङ घर भइ भोक्राकै क्वारेन्टाइनमा रहेका ३० वर्षीय पुरुष र सप्तरीका १२ जनामा संक्रमण पुष्टि भएको छ ।

हेटौँमा नौँजनामा पोजेटिभ देखिएको । जसमा सातजना बाराका रहेका छन् । त्यसैगरी कमलामाई सिन्धुलीका एकजना पुरुष रहेका छन्। रौतहतका एकजना पुरुष पनि रहेका छन् । पोखरामा गरिएको परीक्षणमा १६ जनामा पुष्टि भएको छ । म्याग्दीका १ जनामा देखिएको छ भने बागलुङका नेसीखोलका १० जनामा संक्रमण पुष्टि भएको छ । पर्वतका ४ जनामा पनि पुष्टि भएको छ । उनीहरु सबै क्वारेन्टाइनमा छन् । त्यसैगरी स्याङ्जा कालीगण्डकीका एकजनामा पनि संक्रमण देखिएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा तीनजनाको पोजेटिभ आएको छ । जसमा डोटीको क्वारेन्टाइनमा रहेकामा संक्रमण देखिएको हो । भेरी अस्पतालको प्रयोगजशाामा ४२ जनाको पोजेटिभ आएको छ । जसमा बाँकेको नेपालगञ्ज र जानकी गाउँपालिकामा रहेका छन् । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा १७ जनाको पाजेटिभ आएको छ । सबैजना कपिलवस्तु कृष्णनगरका पुरुष रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १५ जनामा पुष्टि भएको छ । उनीहरु सबै दाङका रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १०६ जनाको पोजेटिभ आएको आएको छ । जसमा १०५ जना दैलेखका छन् ।

उनीहरुमध्ये १०५ जना नारायण नगरपालिकाका हुन् । जहाँ ५ जना महिला र १०० पुरुष संक्रमित भेटिएका हुन् । मुगु खत्याडका एकजनामा पनि पुष्टि भएको छ । कोशी अस्पताल बिराटनगरको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ । उनीहरुमा झापाका २ जना र खोटाङ हलेसीका तीनजना रहेका छन् । प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै दैलेखका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ९३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा बाराका ५ जना, धनुषा जनकुपरका ६ जना छन् । कपिलवस्तु ओदारी मावि, जनचेतना मावि र यशोधरामा १२ जनामा संक्रमण देखिएको छ । त्यस्तै महोत्तरीका तीजना र रौतहटका ६४ जना रहेका छन् । त्यहाँ ६ महिने बालिकासहित तीनजना महिला र ८ वर्षीय बालकसहित ६१ जना पुरुष छन् । त्यसैगरी सर्लाहीका ३ जनामा पनि संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७ बिहिबार ००:००  ४ : ३८ बजे