१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

एकै दिन कपिलवस्तुमा २९ जनामा कोरोना पुष्टि, कृष्णनगरमा थपिए १७ जना



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा विहीबार अपराह्नसम्म २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार कृष्णनगर नगरपालिकाका १७ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा १७ जनाको कोरोना पोजेटिभ आएको छ । संक्रमित सबै १७ देखि ५१ बर्षीय पुरुष रहेका छन ।

विहीबार विहान मात्र वाणगंगा नगरपालिका र यशोधरा गाउँपालिकामा गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७ बिहिबार ००:००  ५ : ०८ बजे