७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

प्रदेश ५ मा ५ हजार संक्रमित बढ्ने अनुमान गरेका छौंः मन्त्री बराल



मायादेवी अनलाइन, चार नम्बर ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशभर ५ हजार कोरोना संक्रमित पुग्न सक्ने मन्त्रालयले आकलन गरेको बताउनुभएको छ ।

भारतबाट नेपाल आउने नेपालीको संख्या बढीरहेको भन्दै मन्त्रालयले कोरोना संक्रमित ५ हजार पुग्ने आँकलन गरी तयारी थालिरहेको बताउनुभयो ।

प्रदेशका विभिन्न स्थानीय तहमा क्वारेनटाइनको संख्या बढाउने र उपचारका लागि आइसोलेशन निर्माण गर्ने काम धमाधम भैरहेको उहाँले दाबी गर्नुभयो ।

रेडियो मायादेवी १०६ थोप्लो १ मगाहर्जको कोरोना विशेष संवादमा विहीबार कुराकानी गर्दै मन्त्री बरालले लकडाउन पूर्व प्रदेश भित्र झण्डै अढाई लाख नागरिक प्रवेश गरेको बताउनुभयो ।

लकडाउन पछि प्रदेशका १२ जिल्लामा झण्डै ४० हजार व्यक्ति आएको भन्दै अझै दुई तीन लाख आउने सम्भावना रहेको उहाँले बताउनुभयो । भारतबाट आउने अधिकांशले प्रदेश ५ का नाका प्रयोग गर्ने बताउँदै मन्त्री बरालले यो अनुमान लगाउनुभएको हो ।

प्रदेशका आम नागरिकलाई कोरोनाबाट बचाउनका लागि सरकारले विभिन्न योजना ल्याएको पनि उहाँले सुनाउनुभयो । कोरोनाको परिक्षण दर ढिलो गरी भैरहेको र रिपोर्ट पनि छिट्टै नआउने गरेको गुनासा आइरहेका बेला मन्त्री बरालले कपिलवस्तुमा पिसीआर जाँच गर्ने ल्याव निर्माणको तयारी भैरहेको बताउनुभयो ।

प्रदेश सरकारले प्रदेशका तीन स्थानमा मात्र कोरोनाको जाँच गर्ने ल्याव सञ्चालन गरेपनि पछिल्लो समय लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पताल भैरहवाबाट सेवा सुरु गरिएको उहाँले जनाउनुभयो । यसले कोरोना परिक्षणको दर बढ्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सरकारले अब भेटिने कोरोना संक्रमण भएपनि कुनै लक्षण नदेखिएका संक्रमितलाई आफ्नै घरमा बस्न भनेको भन्दै समाचारहरु सार्वजनिक भैरहदा उहाँले यस विषयमा स्पष्ट पार्नुभएको छ ।

यो नियम अनिवार्य नभएको उहाँले प्रष्ट पार्नुभयो । कोहि घरमै आइसुलेशन बनाएर बस्छु भनेपनि सरकारले दिएको मापदण्ड अनिवार्य पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री बरालसंगको अन्तर्वार्ता सुन्नका लागि तलको लिंक क्लीक गर्नुहोला ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७ बिहिबार ००:००  ७ : ११ बजे