१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नेपालमा कोरोनाबाट मर्नेको संख्या ११ पुग्‍यो, उनलाई आरडिटी रिपोर्ट ‘नेगेटिभ’ आएपछि घर पठाइयो थियो



सुर्खेत ।
बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएको छ । पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका ती युवा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए । उनको घर फर्किएकै राति मृत्यु भएको हो ।

भारतबाट आएका २० वर्षीय ती युवक त्यसअघि विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए ।

१४ दिन क्वारेन्टिनमा बसेका उनको र्‍यापिड डाईग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा कोरोना भाइरस नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।

बिहिबार उनको स्वाब संकलन गरी सुर्खेतमा रहेको प्रयोगशालामा पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए ।

यो सहित नेपालमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । कर्णालीमा भने दुई जना पुगेको छ । यसअघि दैलेखमा एकजनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७ शुक्रबार ००:००  ७ : ४३ बजे