२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

क्वारेनटाइनमा खाना वहिष्कार गर्ने पंडितलाई खाना खुवाएरै छोड्छुः अध्यक्ष आचार्य (अन्तर्वार्ता)



मायादेवी अनलाइन, चार नम्बर ।
क्‍वारेन्टाइनमा जातीय विभेद निम्त्याउन खोज्ने पंडितलाई कारबाही गरिने मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भएको छ ।

मालारानी गाउँपालिका–४ खन चुँदारटोलको समाजकल्याण प्रावि क्वारेन्टाइनमा भारतबाट आएका एक पण्डितले विहीबार दलितले पकाएको खाना बहिष्कार गरेका थिए । भारतबाट आएका एक ब्यक्तिले ’मन्दिरको पुजारी हुँ, दलितले पकाएको खाना खानुपर्छ भने म मर्छु’ भनेपछि एक घिमिरे थरका व्यक्तिलाई अर्को क्वारेन्टाइनमा सारिएएको थियो । अनि घटनाले राष्ट्रिय रुपमै चर्चा पाएको थियो ।

यसै विषयमा गाउँपालिकाका अध्यक्ष आचार्यले उक्त पंडितलाई कारबाही गरिने बताउनु भएको छ । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम कोरोना विशेष संवादमा कुराकानी गर्दै आचार्यले क्वारेनटाइनमा भान्छे रहेका एक दलित युवकले पकाएको खुवाएरै छाड्ने बताउनु भयो । दलित युवकले पकाएको खान्नँ बरु चौध दिन भोक हड्तालमा बस्छु भन्ने ढिपीका कारण बाध्य भएर उनलाई अर्को क्वारेनटाइनमा सारिएको उहाँले मायादेवीसंग बताउनु भयो ।

यस विषयमा क्वारेनटाइनमै विभेद गरिएको नभई एक जना खराब मानिसले गर्दा सामाजिक संजालमा अलिकति बढी भएको उहाँले बताउनु भयो । यो घटना विहीबार दिउँसो भएको थियो । त्यसपछि त्यहाँकै दलित वडा सदस्य लक्ष्मी विकले पनि विरोध जनाउँदै पुजारी हुँ भन्दै खाना बहिष्कार गरेर पंडितले दलितमाथि जातीय विभेद गरेको बताउनु भएको थियो ।

एउटै गाउँका छिमेकीबीच जातीय द्वन्द्व ल्याउने काम भएको उहाँले बताइसक्नु भएको छ । गाउँपालिका अध्यक्ष आचार्यले अब त्यस्तो हुन नदिने बताउनु भयो ।

अध्यक्ष आचार्यसंगको अन्तर्वार्ता सुन्नका लागि तलको लिंक क्लीक गर्नुहोला ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७ शुक्रबार ००:००  ७ : ४३ बजे