१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

कपिलवस्तुमा पुगे ४ सय ८४ कोरोना संक्रमित, विजयनगरमा थपिए ५ जना



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा नोवेल कोरोना भाइरस (कोभिड-१९) का संक्रमित ४ सय ८४ जना पुगेका छन । पछिल्लो घण्टा विजयनगरमा थप ५ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लाको कूल संख्या ४ सय ८५ पुगेको हो ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार विजयनगरका तीन वडामा संक्रमित भेटिएका छन । जस अन्र्तगत वडा नं. १ मा २५ बर्षीय पुरुष, वडा नं. ५ का २४ बर्षीय पुरुष र वडा नं. ६ का २२, ३२ र ४८ बर्षीय पुरुषमा कोरोना देखिएको छ ।

विहान मात्र बुद्धभूमिका वडा नं. ५ र ६ मा गरी ४ जना संक्रमित भेटिएका थिए । संक्रमण पुष्टि हुनेहरुमा वडा नं. ५ का १९ र २९ बर्षीय उमेर समूहका दुई जना र वडा नं. ६ का २३ र ३६ बर्षीय दुई जना गरी चार जना पुरुष रहेका छन ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७ शनिबार ००:००  ११ : ११ बजे