१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

बाँके र बर्दियामा थपिए कोरोनाका ४० संक्रमित




दाङ ।

बाँके र बर्दियामा गरी ४० जनालाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा बर्दियाका २८ र बाँकेका १२ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालका अनुसार संक्रमित ४० मध्ये ३७ जना पुरूष हुन् भने ३ जना महिला हुन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७ शनिबार ००:००  २ : ३३ बजे