१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

जाजरकोटमा एक प्रहरीसहित चार जनामा कोरोना पुष्टि



सुर्खेत ।

जाजरकोटमा एक प्रहरीसहित चार जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा शनिबार बारेकोट गाउँपालिका १ का ३ जना र ईलाका प्रहरी कार्यालय बारेकोटका १ जना प्रहरीलाई संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।उनीहरु सवैको जेठ १२ गते स्वाब संकलन गरिएको थियो । संक्रमित तीन जना भारतबाट आएका थिए ।

उनीहरु क्रमश ६, १४, ३३ र ५२ वर्षीय रहेको महाशाखा प्रमख तिवारीको भनाइ छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७ शनिबार ००:००  २ : ३५ बजे