२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

नेपालमा ३२०० सय नाघे कोरोना संक्रमित, एकैपटक थपिए ३ सय २३ जना



मायादेवी अनलाइन, चार नम्बर ।
नेपालमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित बढिरहेका छन । पछिल्लो चौविस घण्टामा ३ सय २३ जना नयाँ संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परिक्षणमा संक्रमित थपिएको जानकारी दिनुभयो ।

शनिबार ३ सय २३ जना संक्रमित थपिएसंगै देशभर कूल संक्रमितको संख्या ३ हजार दुई सय ३५ जना पुगेको छ । अहिलेसम्म ३ सय ५६ जना मात्र डिस्चार्ज भएका छन । अरु सबै संक्रमितहरुको आइसुलेशनमा राखेर उपचार भैरहेको छ ।

यता देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । डोल्पा र कैलालीमा गरी शनिबार दुई जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयका प्रवक्ता देवकोटाले पुष्टि गर्नुभयो । उहाँका अनुसार ती दुवै जना दीर्घरोगी थिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७ शनिबार ००:००  ४ : ३६ बजे