२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

नेपालमा कोराना भाइरसबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, थप दुई जनाको मृत्यु पुष्टि



मायादेवी अनलाइन, चार नम्बर ।
नेपालमा कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार थप दुई जनामा मृत्यु पुष्टि भएपछि मृतकको संख्या १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

मन्त्रालयबाट नियमित हुँदै आएको पत्रकार सम्मेलन मार्फत प्रवक्ता देवकोटाले शनिबार दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

मृत्यु हुनेमा डोल्पाका एक पुरुष र कैलाली धनगढीकी एक महिला रहेको उहाँले पुष्टि गर्नुभयो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७ शनिबार ००:००  ४ : ४८ बजे