२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

देशभर कोरोना संक्रमित ३ हजार ४ सय ४८ पुगे, एकैदिन थपिए २ सय १३ संक्रमित



मायादेवी अनलाइन, चार नम्बर ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय १३ कोरोना भाइरसका संक्रमित फेला परेका छन । देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परिक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ । तीमध्ये १३ जनाले ज्यान गुमाएका भने ४६७ जना डिस्चार्ज्ड भएका छन् । अहिलेसम्म नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन् ।

आइतबारसम्म ९६ हजार २ सय ५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७ आइतबार ००:००  ४ : ३३ बजे