२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कपिलवस्तुमा २४ जना थपिएसंगै कुल संक्रमित संख्या साढे ५ सय नजिक



मायादेवी अनलाइन, चार नम्बर ।
पछिल्लो २४ घण्टा पछि कपिलवस्तुमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले आइतबार साँझ दिएको जानकारी अनुसार जिल्लाका तीन स्थानीय तहमा गरी थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा महाराजगञ्ज नगरपालिकाका ९ जना, यशोधरा गाउँपालिकाका १३ जना र कपिलवस्तु नगरपालिकाका १ जना रहेका छन ।

महाराजगञ्जमा ६ देखि ५१ बर्षीय उमेयर समूहका ९ जना पुरुष रहेका छन ।

यशोधरा गाउँपालिकाका एक २७ बर्षीय महिलासहित २० देखि ४४ बर्षीय १३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यता कपिलवस्तु नगरपालिकाका ४० बर्षीय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यो संगै कपिलवस्तुमा संक्रमितको संख्या ५४७ पुगेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७ आइतबार ००:००  ७ : ०२ बजे