३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

स्याङ्जामा कोरोनाबाट एक जनाको ज्यान गयो



काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुष रहेका छन् ।

उनी आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका थिए । यद्यपि उनको मृत्युबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी छ । यसअघि नेपालमा कोरोनाबाट १३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७ सोमबार ००:००  ७ : ५८ बजे