१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

अर्घाखाँचीमा एकै पटक ३१ जनामा कोरोना पुष्टि



विष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीमा सोमबार एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेनटाइनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु कुन ठाउको क्वारेन्टाइनमा बसेका भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ।

यसअघि जिल्लाका शितगंगा नगरपालिकाको ठाडाको ज्योति माविको क्वारेन्टाइन बसेका ३६ वर्षीय पुरुष र पाणिनी गाउँपालिकाको ८ पालीका कमला माविमा रहेका दुईजनामा कोरोना संक्रमण देखिएको हो। उनीहरुको सन्धिखर्कस्थित हटारीको आइसोलेसनमा उपचार भइरहेको छ ।

गत जेठ १० गते भूमिकास्थान नगरपालिका-९ का ३४ वर्षीय कृष्णबहादुर गैरेको नेपाल आउने क्रममा बाटोमा मृत्यु भएको थियो र उनको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ पुष्टि थियो । अर्घाखाँचीमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७ सोमबार ००:००  ११ : ५३ बजे