३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

देशभर एकैदिन थपिए ३१४ जना कोरोना संक्रमित, संख्या पुग्यो ३ हजार ७ सय ६२



मायादेवी अनलाइन, चार नम्बर ।
नेपालमा सोमबार ३१४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ३१४ जना संक्रमित थपिएका हुन् । संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ । तीमध्ये १४ जनाले ज्यान गुमाएका छन् भने ४८८ जना निको भएका छन् ।

सोमबारसम्म १ लाख ९ सय ७१ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७ सोमबार ००:००  ४ : ३१ बजे