२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

यी सात व्यवहार गर्नुहुन्छ ? आजै त्याग्नुहोस कोरोनाको जोखिम हुनहुन्छ



एजेन्सी ।
कोरोना भाइसबाट बच्नका लागि सरसफाईमा विशेष ध्यान दिनुपर्छ । ससाना बानीहरु पनि परिवर्तन गर्नु आवश्यक हुन्छ । ससाना कुरामा पनि ध्यान नदिने व्यक्तिलाई संक्रमणको उच्च जोखिम हुन्छ । विशेषज्ञहरुले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न सात प्रकारका बानीमा परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् ।

नङ टोक्ने

नङ टोक्ने बानी तत्काल परिवर्तन गर्न आवश्यक छ । ओरलहेल्थ विशेषज्ञले नङभित्र भएका सबै प्रकारका किटाणु हुने र टोक्ने क्रममा मुखबाट शरीरमा प्रवेश गर्ने भएकाले नङ टोक्ने बानी तत्काल परिवर्तन गर्न जोड दिएका छन् । हात नधोइकन मुखमा हात लैजादा ब्याक्टेरिया वा भाइरस सजिलैसँग शरीरमा प्रवेश गर्छन् । त्यसैले यस्तो बानी छ भने तत्काल हटाउनु पर्छ ।

अनुहारमा भएका घाउ चलाउने

तपाईँलाई अनुहारमा ससाना घाउ आउने समस्या छ भने चिकित्सकलाई देखाउनुपर्छ । तर धेरैले आफैले ससाना डण्डिफोर वा अन्य घाउलाई चलाउने गर्छन् । अनुहारमा हात लैजाने र घाउ चलाउँदा किटाणु हाम्रो शरीरमा प्रवेश गर्ने, इन्फेक्सनको सम्भावना बढ्ने तथा घाउमा भएको व्याक्टेरिया अन्यभागमा फैलिने गर्छ । त्यसैले अनुहारमा पिचिक्क पिचिक्क पार्ने बानीलाई परिवर्तन गर्नुपर्छ ।

कपाललाई औंलाले खेलाउने

धेरै महिला र केही पुरुषको बानी कपाल खेलाउने हुन्छ । यो बानी स्वास्थ्यका लागि राम्रो होइन् । खासगरी महिलाहरु लामो कपालमा हुन्छन् । चिल्लो लगाउने भएकाले विभिन्न प्रकारका किटाणु कपालमा आएर बसिरहेका हुन्छन् । सार्वजनिक गाडीमा हिड्दा सिटमा पनि कपाल नै छोइएको हुन्छ । यस्तो अवस्थामा विभिन्न प्रकारका भाइरस र ब्याक्टेरिया कपालमा आएका हुन्छन् । कपाल चलाउने बानीले किटाणु हातको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्छन् ।

बेडसिट सफा नगर्ने

बेडसिट समय समयमा सफा गर्नुपर्छ । दुई हप्ता वा त्यो भन्दा धेरै समयसम्म तपाईँले बेडसिट नधुने गर्नुभएको छ भने आजैदेखि बानीमा परिवर्तन गर्नुस् । भाइरस सतहमा केहीदिनसम्म जीवित नै रहन्छ । शरीरका विभिन्न कपडाको माध्यमबाट बेडसिटसम्म आइपुगेका किटाणु शरीरमा प्रवेश गर्छन् । त्यसैले बेटसिट सकभर हप्तामा दुई वा तीनपटकसम्म धुन आवश्यक हुन्छ । त्यो पनि नसिकएमा हरेक हप्ता बेडसिट परिवर्तन गर्नुपर्छ ।

बाथरुम वा वास बेसिनमा टुथब्रस राख्ने

तपाईँले आफ्नो दाँतको सफाई राम्रोसँग गर्नुहुन्छ होला । तर तपाईँले आफ्नो ब्रस कहाँ राख्ने र कसरी राख्ने भन्ने कुराको ध्यान दिनुभएन भने तपाईँलाई विभिनन प्रकारका संक्रमण हुन सक्छन् । केही व्यक्तिले बाथरुममा राख्ने, वास बेसिनमा राख्ने वा अन्य कुनै ठाउँमा राख्ने गर्छन् । त्यो गर्नु स्वास्थ्यका लागि राम्रो नहुँन सक्छ । विभिन्न सतहमा रहेका भाइरस र ब्याक्टेरिया ब्रसको माध्यमबाट तपाईँको मुखमा प्रवेश गर्ने सम्भावना धेरै हुन्छ । त्यसैले ब्रस राख्ने ठाउँ सफा र पानी तैरिने हुनुपर्छ ।

नङले दाँत सफा गर्ने

खाना खाँदा कहिले काहीँ केही कुरा दाँतमा अल्झिने हुन्छ । त्यस्तो अवस्थामा सफा टुथपिन प्रयोग नगरेर केहीले हातकै प्रयोग गर्छन् । यो बानी राम्रो होइन । त्यसरी हात बेलाबेलामा मुखमा लैजादा किटाणु शरीरमा प्रवेश गर्छन् । टुथपिन र ब्रसको माध्यमबाट मात्रै दाँतमा अड्किएको खानेकुरा निकाल्नुपर्छ ।

जुठो खानेकुरा खाने

धेरैले एउटै चम्चाले दुई वा दुई भन्दा धेरैले खाने पनि गर्छन् । खासगरी श्रीमान् श्रीमती र बालबालिकाबीच जुठो खानेकुरा बाँडेर खाने गरिन्छ । त्यस्तो गर्नु राम्रो होइन् । भाइरस खाना, पानी र भाँडा शेयर गर्दा पनि सर्नसक्छ । त्यसैले सकभर जुठो खानेकुरा खानु हुँदैन ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७ बुधबार ००:००  १० : २७ बजे