४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

एमाले कपिलवस्तुको १० औं अधिवेशन : नेतृत्वमा त्रिपक्षीय प्रतिस्पर्धा



मायादेवी अनलाइन, बाणगंगा ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अहिले देशव्यापी पार्टीको जिल्ला अधिवेशनमा केन्द्रित छ । जसका लागि कतिपय जिल्लाले पार्टीको आगामी जिल्ला नेतृत्वको टुङ्गो लगाएका छन भने कतिपय जिल्लामा अधिवेशन तयारी तिव्र पारिएको छ । लुम्बिनी प्रदेशमा बर्दिया, नवलपरासी, रुकुम-पूर्व र रोल्पा जिल्लामा अधिवेशन भैसकेका छन् ।

नेकपा एमाले कपिलवस्तुको १०औँ जिल्ला अधिवेशन यही वैशाख २६ गतेका लागि तय भएको छ । उक्त अधिवेशनबाट आगामी जिल्ला नेतृत्व कसले पाउने भन्ने आम पार्टी पङ्तिमा चासोको विषय पनि बनेको छ ।

एमाले कपिलवस्तुको आगामी नेतृत्व सर्वसम्मत चयन गर्ने बताए पनि त्यो सम्भावना भने कम देखिएको छ । आगामी नेतृत्वका लागि जिल्लामा आकांक्षि नेताहरु धेरै देखिएका कारण सर्वसम्मत नेतृत्व चयनमा एमाले कपिलवस्तुलाई सकस परेको हो ।

एमाले जिल्ला कमिटिको अध्यक्ष पदमा वर्तमान अध्यक्ष डम्मर शर्मा पुनः एक कार्यकाल आफैले नेतृत्व लिने सोचका साथ पार्टीभित्र लबिङ गरिरहेका छन । उनले आफ्नो कार्यकाल पुरा नभएका कारण पनि एकपटक नेतृत्वको अवसर आफूले पाउनुपर्ने विचार व्यक्त गरेको बुझिएको छ । शर्मा एमाले कपिलवस्तुको २०७८ पुषमा भएको ९ औँ अधिवेशनमा चुनावी प्रतिश्पर्धाबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै एमाले कपिलवस्तुको आगामी नेतृत्वका लागि राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका संस्थापक अध्यक्ष समेत रहेका बाबुराम खनाल पनि आकांक्षि देखिएका छन् । उनी एमाले कपिलवस्तुको विभिन्न जनवर्गीय संगठन र पार्टीको लामो राजनीति गरेका नेता हुन । खनाल जिल्ला कमिटी सदस्य, सचिव, उपाध्यक्ष हुँदै पार्टीको प्रदेश कमिटी सदस्य समेत बनिसकेका छन् ।

गत अधिवेशनमा अध्यक्षका लागि उम्मेद्धार रहेका खनाल शर्मासँग पराजित भएका थिए । यसपटक आफूले जिल्लाको नेतृत्व पाउनुपर्ने उनको दाबी रहेको छ । कपिलवस्तु जिल्लाको उत्तर-दक्षिणी क्षेत्रमा पार्टीको संगठन विस्तार र विभिन्न निकायसँगको समन्वयकारी भुमिका राख्न दख्खल रहेका खनाल यसपटक जिल्लाको नेतृत्व आफूले पाउनेमा आशावादी छन् ।

यस्तै एमाले कपिलवस्तुका उपाध्यक्ष रहेका विश्राम प्रसाद थारु अर्का अध्यक्षका दावेदार नेता हुन । उनी संविधान सभा सदस्य समेत भएका नेता हुन । उनले कपिलवस्तुको नेतृत्व आफूले पाउनुपर्ने र त्यो अवसर प्रदान गर्न पार्टीभित्र माहोल बनाउन लागिरहेको बताइएको छ । थारुले विभिन्न समयमा भएका संसदीय निर्वाचनमा एमाले कपिलवस्तुका तर्फबाट नेतृत्वदायी भूमिका खेलका थिए । आफूले पार्टीको सेल कमिटि, गाउँ कमिटि, जिल्ला कमिटि उपसचिव हुँदै हालसम्म विभिन्न समयमा योगदान गरेकाले अहिलेको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेका छन् ।

एमाले कपिलवस्तुको वैशाख २६ को अधिवेशनमा अध्यक्ष पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । जसका कारण पनि यो अधिवेशन कपिलवस्तुमा सर्वसम्मत हुने सम्भावना न्यून देखिन्छ । नेताहरुले आ-आफ्नै दावीका साथ उम्मेद्धारी दिने र आफुले नै नेतृत्व गर्ने दा

एमाले कपिलवस्तुको वैशाख २६ को अधिवेशनमा अध्यक्ष पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । जसका कारण पनि यो अधिवेशन कपिलवस्तुमा सर्वसम्मत हुने सम्भावना न्यून देखिन्छ । नेताहरुले आ-आफ्नै दावीका साथ उम्मेद्धारी दिने र आफुले नै नेतृत्व गर्ने दा

एमाले कपिलवस्तुको वैशाख २६ को अधिवेशनमा अध्यक्ष पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । जसका कारण पनि यो अधिवेशन कपिलवस्तुमा सर्वसम्मत हुने सम्भावना न्यून देखिन्छ । नेताहरुले आ-आफ्नै दावीका साथ उम्मेद्धारी दिने र आफूले नै नेतृत्व गर्ने दाबी गर्छन् ।

यस्तै एमाले कपिलवस्तुको उपाध्यक्षमा पनि आकांक्षिहरु धेरै छन् । उपाध्यक्ष पदका लागि बाणगंगा नगर इन्चार्ज शंकर पाण्डे, जिल्ला कमिटी सचिवालय सदस्य भेषराज पाण्डे र पिताम्बर खनालको नाम चर्चामा रहेको छ । उपाध्यक्ष पदमा अन्य नेताहरुको पनि उम्मेद्धारी आउन सक्ने आँकलन गरिएको छ ।

यस्तै जिल्ला सचिव पदमा पनि प्रतिस्पर्धा पेचिलो हुने देखिएको छ । सचिव पदमा समेत नेताहरु खुलेरै प्रचारप्रसारमा जुटेका छन् । नेकपा एमाले सचिवालय सदस्य तथा जिल्ला निर्वाचन विभाग प्रमुख रहेका विश्व कार्की, हालका सचिव रहेका सि.बी गहतराज र बुद्धभूमि नगर इन्चार्ज रहेका देवीप्रसाद बेल्वासे मुख्य आकांक्षीको रुपमा देखिएका छन् । अधिवेशन मितिसम्म यो संख्या पनि बढ्ने देखिएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रबाट नेताहरुले आफै उम्मेद्धारको दाबी नगन्य छ । जसका कारण पनि बाणगंगा क्षेत्रबाटै पदाधिकारीमा उम्मेद्धार बढी देखिएका छन् । एमाले कपिलवस्तुको उप-सचिव पदका आकांक्षीहरु एक दर्जन बढी रहेको बुझिएको छ । उनीहरु व्यक्तिगत ढङ्गले प्रचारप्रसारलाई जोड दिएका छन् ।

अधिवेशनको समुद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने गरी तयारी तिव्र पारीएको एमाले कपिलवस्तुले जनाएको छ । अधिवेशनका लागि जिल्लाका ९६ वडा र २३ वटा जनवर्गीय संगठन तथा आयोजक कमिटी गरी ५ सय बढी प्रतिनिधिहरु सहभागी हुँदै छन् । यो अधिवेशन कपिलवस्तुको चन्द्रौटामा आयोजना गरिँदै छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१ आइतबार ००:००  ७ : ३४ बजे