४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

कपिलवस्तुको मायादेवीका अध्यक्षले इन्जिनियरलाई भनेः ‘लाठी लगाके मारेंगे, वेठ वेठ’



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमानलाई पालिकाका इन्जिनियरलाई लठ्ठीले हानेर मार्ने जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिएका छन् ।

पालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख सुनिल आचार्यलाई पालिका अध्यक्ष मुसलमानले आफ्नो कार्यकक्षमा बोलाई लाठी लगाके मारेंगे, वेठ वेठ भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका हुन् ।

घटना बैशाख १८ गतेको हो । पालिका अध्यक्षले लाठीले हानेर मार्ने धम्की दिएपछि आचार्यले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुलाई एक पत्र मार्फत घटनाबारे अवगत गराएका छन् । यद्यपि यो घटनालाई सामसुम पार्न अध्यक्ष मुसलमान मरिमेटर लागिपरेका छन् ।

घटनाको सबै विवरण पत्रमा उल्लेख गरेका आचार्यले पालिकामा कामकाज गर्न आफू असमर्थ रहेको जानकारी दिएका हुन् ।
पलिका अध्यक्ष मुसलमान र वडा नं. १, ४, ५ र ८ का वडाध्यक्षले आचार्यलाई कोठामा बोलाई कानून विपरितका कार्य गर्न दबाब दिएका थिए । उनले आफूले कानून विपरितका काम नगर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक पटक त्यस्ता काम नगर्न भनेको उक्त छलफलमा बताएका थिए ।

उक्त कुरा सुनेर आक्रोश बनेका पालिका अध्यक्ष मुसलमान, उनका पूर्व सल्लाहकार सरफुद्दिन मुसलमान लगायतका व्यक्तिले आचार्यलाई लाठीले हानेर मार्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१ आइतबार ००:००  ८ : ४३ बजे