११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

कोरोना जाँच विनै घर पठाउँदा त्रास बढ्छ, हामी त्यसो गर्दैनौंः मेयर अधिकारी



मायादेवी अनलाइन, चार नम्बर ।
शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले सरकारले भर्खरै जारी गरेको स्वास्थ्य निर्देशिका ठिक नभएको बताउनुभएको छ । १४ दिन क्वारेनटाइनमा बसेकाहरुलाई लक्षण नदेखिएको आधारमा आरडिटी र पिसीआर जाँच विना घर फर्काउने स्वास्थ्य निर्देशिका व्यवहारिक नभएको भन्दै यस्ले पछि समस्या निम्त्याउने सक्नेमा शंका व्यक्त गर्नुभयो ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम बजेट बहसमा बुधबार बोल्दै उहाँले स्वास्थ्य निर्देशिका आएपनि आफुहरुले त्यसो नगरेको बताउनुभएको छ ।

अहिलेसम्म कोरोनाको संक्रमण रोक्नका लागि तीन तहकै सरकारमा अरवौं खर्च भैसकेको हुनाले यसो गर्नु व्यवहारिक नभएको उहाँको भनाई थियो । यसले गर्दा जनतामा झनै त्रास सिर्जना गरेको समेत उहाँले बताउनुभयो ।

साथै उहाँले क्वारेनटाइनमा १४ दिन बसाल्न स्थानीय सरकार सक्षम रहेको बताउँदै नगर प्रमुख अधिकारीले यो कुरा केन्द्र सरकारले बुज्नुपर्नेमा जोड दिनुभयो । ‘आफ्ना नगरबासी बचाउन स्थानीय सरकार चिन्तित छन, केन्द्र सरकारले केहि काँध थाप्ने हो भने, क्वारेनटाइनमा बसेकाहरुलाई स्वास्थ्य परिक्षण गरेरै घर पठाउन सकिन्छ, उहाँले भन्नुभयो, केन्द्रले यो कुरा बुज्नुपर्छ ।’

साथै उहाँले नगरको आगामी आवको नीति तथा कार्यक्रम र बजेट बारेमा पनि कुरा गर्नुभएको छ । उहाँले अबको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीमा केन्द्रित हुने बताउनु भयो । कोरोनाको महामारीका कारण अहिले आम नागरिक ठुलो संकटमा रहेकाले जनताको स्वास्थ्यलाई मध्यनजर गरी बजेट निर्माणमा लागेको अधिकारीले जानकारी दिनुभयो । फ्क प्रसंगमा उहाँले नगरपालिकामा भ्रष्टाचार हुनै नदिने दाबी पनि गर्नुभएको छ ।

यिनै विषयमा उहाँसंग लिइएको रेडियो अन्तर्वार्ता सुन्नका लागि यहाँ तलको लिंकमा क्लीक गर्नुहोला ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७ बुधबार ००:००  ७ : ३६ बजे