१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025

लक्षण नदेखिएपनि कोरोनाको परिक्षण गर्छौ, जनताले चाहेका यही छनः गोपाल थापा



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले स्वास्थ्य मन्त्रालयबाट जारी नयाँ स्वास्थ्य निर्देशिकाले जनतामा अन्यौलता थपेको बताउनुभएको छ । स्थानीय तहहरु सक्षम हुँदा हुँदै १४ दिनको क्वारेनटाइन बसाईपछि लक्षण नदेखिएको आधारमा मानिसहरुलाई छाडिदिदा समाजमा कोरोना फैलन सक्ने जोखिम बढेको बताउनुभयो ।

कोरोनाको त्रास उच्च रहेको समयमा आफुहरुले १२ सय भन्दा बढी मानिसलाई क्वारेनटाइनमा राखेर व्यवस्थापन गरेको स्मरण गर्दै लाखौं खर्च भसकेको अवस्थामा सरकारले यसो नगरेको भएपनि हुने उहाँको धारणा छ । आफुले कसैलाई विना जाँच नछाड्ने बताउनुभयो ।

स्थानीय तहको सरकार नभएको भए मुलुकमा कोरोनाले भयावहस्थिति निम्त्याउन सक्ने अवस्था रहेको भन्दै जस्तो सुकै परिस्थितीमा पनि स्थानीय तहले राम्रोसंग काम गर्न सक्न क्षमता राख्ने पनि उहाँले बताउनुभयो ।

अध्यक्ष थापाले कोरोनाको सकससंगै नीति, कार्यक्रम र बजेट ल्याउनै पर्ने बाध्यता रहेको हुँदा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता राखेर बजेट निर्माणको काम भैरहेको बताउनुभयो । सबैतिरबाट आर्थिक स्रोत कम भएपछि अहिलेको बजेटको आकार ४५÷४६ करोड भन्दा माथि नजाने उहाँले जानकारी दिनुभयो ।

उहाँले अब प्रत्येक वडामा स्वास्थ्य इकाइ खोल्ने, १५ सैयाको अस्पत्ताल बनाउने, कृषियोग्य भूमिलाई बाझो नराख्ने, कृषिको माध्यमबाट रोजगारी सिजर्ना गर्ने लगायतमा बजेट केन्द्रित हुने उहाँको भनाई छ । साथै उहाँले आफ्नो गाउँपालिकालाई भ्रष्ट्रचाररहित पालिका बनाउने उद्घोष गर्नुभयो । आफुले पनि भ्रष्ट्रचार नगर्ने बताउँदै कर्मचारी या जनप्रतिनिधिले भ्रष्ट्रचार गरेको थाहा पाएमा तत्काल कारबाही गर्ने चेतावनी दिनुभयो ।

‘भ्रष्ट्रचार गरेको थाहा पाएभने कर्मचारीहरुलाई कार्यालयमा बस्न छुट हुने छैन् उहाँले थप्नुभयो, जनप्रतिनिधिको हकमा बदमासी गरेको थाहा पाउन साथ जनताको अगाडि सार्वजनिक गर्न बाध्य हुनेछु ।’

उहाँसंगको पूरा कुराकानी सुन्न तलको लिंकमा क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७ बिहिबार ००:००  ७ : ५१ बजे