२१ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025

दाङको क्वारेनटाइनमा रहेका प्यूठानका युवकको मृत्यु



दाङ ।
दाङमा क्वारेनटाइनमा बसेका एक जनाको ज्यान गएको छ । बङ्गलाचुली गाउँपालिका ३ झुलनेटाको वडा कार्यालयको नवनिर्मित भवनको क्वारेनटाइनमा बस्नुभएका प्युठान माण्डवी गाउँपालिका ४ आपचोरका १७ वर्षीय युवकको मृत्यु भएको हो ।

क्वारेनटाइनमा बस्नुभएका उहाँमा श्वासप्रश्वाससँगै पेट दुख्ने र बान्ता आउने समस्या देखिएपछि उपचारको लागि घोराही ल्याइएको थियो । तर अवस्था गम्भीर भएका उहाँलाई घोराहीबाट बुटवल लैजाने क्रममा मृत्यु भएको थियो ।

उहाँ गएको जेठ ११ गते भारतको गोरखपुरबाट आएर क्वारेनटाइनमा बस्नुभएको थियो । उहाँको कोरोना परीक्षणको लागि २१ गते स्वाब सङ्कलन गरिएको थियो ।

शनिबार उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शव प्युठान पठाइएको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७ शनिबार ००:००  ५ : ४९ बजे