१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

६ महिनासम्म कर तिर्न सक्ने अवस्थामा छैनौंः होटल संघ अध्यक्ष



मायादेवी अनलाइन, चार नम्बर ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष गोपाल खत्रीले अबको ६ महिनासम्म आफूहरुले कर तिर्न नसक्ने बताउनु भएको छ । कोरोनाका कारण होटल तथा रेष्टुरेन्ट ब्यवसायी ३ महिनासम्म टाँट पल्टेको भन्दै आफूहरु यस्तो अवस्था आएको बताउनु भएको हो ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको विहानी कार्यक्रम समय संबादमा बोल्दै उहाँले कर तिर्नु ब्यवसायी र ब्यापारीको दायित्व भए पनि तुरुन्त कर तिर्न नसकिने स्पष्ट पार्नु भयो । यस विषयमा आन्तरिक राजस्व कार्यालय कृष्णनगरमा समेत जानकारी गराई सकिएको उहाँको भनाई छ ।

लक डाउन अवधिभर कपिलवस्तुमा यस व्यवसायमा करोडौँको क्षति भएको भन्दै उहाँले सबैभन्दा बढी मारमा होटल, रेष्टुरेन्ट, रिसोर्ट आदि परेको बताउनु भयो । पछिल्लो समय नेपाल भ्रमण बर्षको नारा आएपछि पर्यटनलाई केन्द्रित गरी करोडौँ लगानी भएकोमा कोरोनाले गर्दा व्यवसायीको निद्रा हराम भएको जिकिर गर्नुभयो । ‘बैङ्कले ब्याज पनि छोड्दैन, घरबेटीले भाडा छोड्दैन्, क्रण उत्तिकै छ । आम्दानी जिरो छ, उहाँले भन्नुभयो ।’

साथै उहाँले प्रमुख जिल्ला अधिकारीले आफूहरुलाई होम डेलिभरीसहित संचालन गर्न अनुमति दिए पनि यसले झनै अन्यौलता थपेको बताउनु भयो ।

अध्यक्ष खत्रीसंगको अन्तर्वार्ता सुन्नको लागि तलको लिंक क्लीक गर्नुहोला ।

प्रकाशित मिति : ३ असार २०७७ बुधबार ००:००  ११ : २७ बजे