मायादेवी अनलाइन, चार नम्बर ।
बाढी पूर्वानुमान महाशाखाले कपिलवस्तुका दुई नदीमा ठूलो बाढी आउन सक्ने पूर्वामानुमान गरेको छ । मोबाइलमा म्यासेज पठाउँदै महाशाखाले बाणगंगास्थित बर्षामापन केन्द्रमा भारी बर्षा भईरहेको भन्दै बाढी आउन सक्ने जनाएको हो ।
कपिलवस्तु, अर्घाखाँची लगायतका जिल्लामा शुक्रबार राति देखि बर्षा भैरहेको छ ।
महाशाखाले बाणगंगा, गुडुरुङ आसपासका स–साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकाले त्यस वरपर बसोबास गर्ने मानिसलाई सतर्क रहन आग्रह गरेको छ । अहिले परिरहेको बर्षा अझै थप पर्ने देखिएको पनि महाशाखाले जनाएको छ ।
अर्घखाँची हुँदै आउने वाणगंगा, गुड्रुङ, सुरही, कोइली लगायतका नदी कपिलवस्तुका ठूला नदी हुन् । यी नदी कपिलवस्तुमा बर्षा भएको आधारमा भन्दा पहाड भएको बर्षाको आधारमा बढ्ने गरेका छन् ।
यो पनि पढ्नुहोस
बाणगंगा नदीमा फसेका दुई जनाले पाए पुर्नजीवन, सशस्त्र र सेनाको उद्धारमा महत्वपूर्ण भूमिका
एकाविहानै वाणगंगा नदी पसेका दुई व्यक्ति एक्कासी नदीको बहाव बढेपछि बीचमै अड्किए







प्रतिक्रिया