४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

क्यूएए क्याम्पस सिद्धार्थमा सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा वृक्षरोपण



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको पहिलो ‘गुणस्तरीय सुनिश्चितता प्रत्यायान’ क्यूएए प्रमाणपत्र प्राप्त गर्न सफल सिद्धार्थ क्याम्पस बाणगंगा बुङ्चीमा वृक्षरोपण गरिएको छ । क्याम्पसले क्यूएए प्राप्त गरेको दिनको अवसर पारेर सिद्धार्थ सामाजिक विकास संस्थाले सोमबार क्याम्पसको प्राङ्गणमा वृक्षरोपण गरेको हो ।

सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना तथा युएनडिपीको सहयोगमा वृक्षरोपण गरिएको हो । संविधान सभा सदस्य डोरप्रसाद उपाध्याय, नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेल, उपाध्यक्ष रवि बहादुर काफ्ले, पूर्व क्याम्पस प्रमुख बालाराम ज्ञवाली, क्याम्पस प्रमुख खेमराज शर्मा, संस्थाका अध्यक्ष तेज प्रसाद आचार्य लगायतले महत्वपूर्ण विरुवा रोप्नु भएको थियो ।

कोरोनाको उच्च जोखिममा रहेको कपिलवस्तुका बिभिन्न क्वारेनटाइनमा रहेका ब्यक्तिहरुको आत्मबल उच्च बनाउन उनीहरुलाई समेत संलग्न गराएर वृक्षरोण गरिएको छ ।

केन्द्रले कपिलवस्तुका क्वारेनटाइन भर २ हजार बढी महत्वूर्ण विरुवा रोप्ने जनाएको छ । संस्थाका सचिव रोमाकान्त घिमिरेले कार्यक्रमको सहजीकरण गर्दै क्याम्पसको ऐतिहासिक सफलतासंगै यसलाई थप राम्रो बनाउन फुलबारी र फलफूल गार्डेन बनाउने अभियानको क्रममा सो कार्यक्रम गरिएको हो ।

साथै क्वारेनटाइनमा रहेकाहरुको रोग प्रतिरोधी क्षमता बढाउन उनीहरुलाई वृक्षरोपणमा सहभागी गराएर केही आर्थिक सहयोग पनि गरिने बताउनु भयो ।

प्रकाशित मिति : ९ असार २०७७ मंगलबार ००:००  ९ : २९ बजे