४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

निर्मल शर्माको नेतृत्वमा ‘हेल्प फर ह्याप्पिनेस’ कपिलवस्तु गठन



मायादेवी अनलाइन, चार नम्बर ।
हेल्प फर ह्याप्पिनेस कपिलवस्तुको अध्यक्षमा निर्मल शर्मा चयन हुनुभएको छ । सामाजिक कार्य र युवाहरुलाई नेतृत्वमा लैजानको लागि भन्दै शर्माको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको भयो ।

जसको उपाध्यक्षमा प्रतिमा सेन र मधुसुदन भुसाल, सचिवमा सुशान्त पोख्रेल, सह–सचिवमा विशाल अधिकारी, कोषाध्यक्षमा बिवेक पौडेल चयन भएका छन भने सदस्यहरुमा जनक क्षेत्री, प्रतीक्षा भण्डारी र समीर कडेंल चयन हुनुभएको जनाइएको छ । संस्थाको पहिलो वैठक बसी असाहय नागरिकहरुको सहयोगमा काम गर्ने निर्णय गरेका छन् ।

साथै युवाहरुलाई सक्रियता बनाउने गरी काम गर्ने निर्णय गरेको छ । साथै असार १० गते राजेश आस्था फाउन्डेसनमा पंखा हस्तान्तरण कार्यक्रम राखिएको जिल्ला सचिब सुशान्त पोख्रेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ असार २०७७ मंगलबार ००:००  ९ : ३१ बजे