मायादेवी अनलाइन, तौलिहवा ।
कोरोना भाईरसका कारण लकडाउनको अवधिमा खानपिनबाट बंचित हुने एचआईभी संक्रमितलाई सहयोग गर्ने निर्णय गरिएको छ । लामो लकडाउनले मारमा परी खानबाट समेत बंचित बिपन्न एचआईभी संक्रमित परिवारलाई खाद्यान्न लगातयका कुरामा सहयोग गरिने भएको हो ।
राष्ट्रिय एचआईभी एडस महासंघ तथा सम्पूर्ण सहयोग समूहको संयुक्त आयोजनामा संचालित लिङ्केज परियोजना अन्तर्गत सरोकारवाला बीच भएको जिल्ला समन्वय बैठकमा सो निर्णय गरिएको कार्यक्रम संयोजक बिश्वबन्धु घिमिरेले बताए । बैठकमा एचआईभी एड्सका सवाल, संक्रमितहरुको समस्या लगायतका बिषयमा छलफल गरिएको थियो ।
सो अवसरमा सम्पूर्ण सहयोगमा समुहले संक्रमितहरुलाई लकडाउनको अवधिमा घर घर मै लगेर एआरटी पुर्याएको, १८ बर्ष मुनीका ५२ संक्रमित बालबालिकाहरु तथा ४५ बर्ष माथिका महिला संक्रमितलाई राहत बाडको बिवरण प्रस्तुत गरिएको थियो ।
लकडानउमा बाँडिएको उक्त राहत बितरण कार्य प्रशंसनीय रहेको बताईएको थियो । यस्तै लकडाउनका कारण बन्द भएको संक्रमितहरुले गराउनु पर्ने भाईरल लोडको सेवा लकडाउन खुुले लगत्तै सुचारु गर्ने समेत निर्णय गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतको अध्यक्षतामा भएको बैठकमा कपिलवस्तु अस्पतालका मेसु डाक्टर किशोर बन्जाडे, एचआईभी एड्स फोकल पर्सन माहोम्द ईरफान, सरकारी तथा गैर सरकारी सस्थाका प्रतिनिधिको सहभागीतमा बैठक सम्पन्न भएको थियो । जिल्लामा भेटिएका ६ सय ८ संक्रमित मध्ये ३ सय ९९ जना एक्टीभ केस छन ।







प्रतिक्रिया