८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

बुटवल बेलहिया सडकखण्डमा लगाइएका बिरूवा काटिए



बुटवल ।
बुटवल बेलहिया सडकखण्डको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको किनारमा लगाइएका बिरूवा अज्ञात समूहले काटिदिएका छन्।
तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेलहिया सडकखण्ड अन्तर्गत मणिग्रामदेखि नयाँमिल तर्फका ३२ वटा स्टोनियाका बिरूवा गएराति अज्ञात समूहले काटेको नगरपालिकाले जनाएको छ।

सडकलाई हरियाली बनाउन गत वर्ष लगाइएका ३२ वटा बिरूवा ३ जनाको समूहले मिलेर काटेको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए। ‘राती ३ जनाको समूहले मिलेर काटेको त्यहाँ रहेको सिसिटिभी फुटेजबाट देखिएको छ,’ नगरप्रमुख घिमिरेले भने।
गत वर्ष लगाइएका हुर्कंदै गरेका बिरूवाका हाँगा र फेदैबाट समेत काटिएको घिमिरेले बताए।
गत वर्ष साउन २ गते सोही सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म मेडिएनमा राखिएका ५ वटा मूर्ति क्षतविक्षत हुने गरी फुटाइएको थियो।
ती मूर्ति कसले किन फुटाल्यो भन्ने एक वर्ष पूरा हुन लाग्दा समेत खुलेको छैन।

प्रकाशित मिति : १९ असार २०७७ शुक्रबार ००:००  २ : ०२ बजे