७ असार २०८३, आइतबार | Sun Jun 21 2026

ओली नै प्रधानमन्त्री हुनुपर्छ भन्दै कपिलवस्तुमा प्रर्दशन



मायादेवी अनलाइन, चार नम्बर
प्रधानमन्त्री केपि शर्मा ओलीको पार्टीभित्र चर्को आलोचना भैरहेका बेला उनी पक्षिय समर्थकले त्यसको विरोधमा प्रर्दशन गर्न थालेका छन् । जारी स्थायी समितिको बैठकमा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन नेताहरुले चर्को दबाब दिएका छन् ।

तर, उनी पक्षिय कार्यकर्ताले ओलीलाई नै सरकारमा निरन्तरता दिनुपर्ने माग गर्दै कपिलवस्तुमा पनि प्रर्दशन गरेका छन् ।

शुक्रबार जिल्लाको वाणगंगा चारनम्बर चोकमा ओली पक्षिय समर्थकले प्रर्दशन गरेका हुन् । ५ वर्षको स्थायी सरकारको लागि भनेर मतदान गरिएकाले अहिले नै ओलीलाई प्रधानमन्त्रीको पदबाट हटाउन नहुने उनीको माग थियो ।

नाराबाजीमा सहभागी भएकाहरूले वर्तमान सरकारलाई अस्थिर बनाउन भारतको इसारामा नेपालकै नेताहरू लागिपरेको आरोप लगाउँदै भारतबाट चलेकाहरूले व्यक्तिगत स्वार्थ पूरा गर्न कुर्सीको लडाइँमा लागेको दाबी गरेका छन् ।

ओलीका समर्थकहरूले ‘केपी ओली जिन्दाबाद’, ‘आजलाई होइन भोलिलाई, ५ वर्ष ओलीलाई’, ‘स्थायी सरकार कायम गर’, ‘भारतीय दलाल मूर्दावाद’, ‘विदेशी हस्तक्षेप मुर्दावाद’, पार्टी स्थिरता कायम गर, लिम्पियाधुरा हाम्रो हो लगायतका नाराहरू लगाएका थिए ।

प्रकाशित मिति : १९ असार २०७७ शुक्रबार ००:००  १० : १८ बजे