२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

नेपालमा कोरोना संक्रमित १५ हजार चार सय नाघे



काठमाडौं ।
कोरोनाभाइरसका थप दुई सय ३२ जना संक्रमित थपिएका छन्। देशभरका २३ वटा प्रयोगशालाबाट चार हजार ५० जनामा गरिएको पिसिआर परीक्षणमा शनिबार उक्त संख्यामा कोरोना संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार दुई सय ५९ थियो । यो संख्या बढेर शनिबार १५ हजार चार सय ९१ पुगेको हो ।

आइसोलेसनमा ९ हजार ४२ जना छन् । अहिलेसम्म छ हजार चार सय १५ जना कोरोना निको भएर घर फर्किसकेको डाक्टर गौतमले जानकारी दिए । विगत २४ घण्टामा ७२ जना कोरोना निको भएका थिए ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । शनिबार गोरखा पालुङटारका ४४ वर्षीय पुरूष र रूपन्देही देवदहका ७५ वर्षीय पुरूषको मृत्यु भएको हो ।

प्रकाशित मिति : २० असार २०७७ शनिबार ००:००  ४ : ३६ बजे