८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

माइग्रेनबाट बच्न स्याउ



एजेन्सी ।
‘हरेक दिन एउटा स्याउ खाउ, डाक्टरलाई टाढा बनाउ ।’ भन्ने भनाई नै छ । स्वास्थ्य विशेषज्ञहरुले हरेक दिन एउटा स्याउ खाँदा डाक्टरको आवश्यकता नपर्ने बताएका छन् ।

स्याउका फाइदाहरु के – के छन् त ?
– जसलाई माइग्रेन वा अन्य प्रकारको टाउको दुखाईको समस्या छ भने हरेक दिन स्याउ खाने गर्दा निकै फाइदा पुग्छ ।

– हरेक दिन बिहान खाली पेटमा स्याउ खाँदा स्वास्थ्य रहन मद्दत पुग्छ ।

–राति काटेको स्याउ जुनेली रातभर राख्ने र बिहान खाँदा माइग्रेन र टाउको दुखाईको समस्या कम हुँदै जान्छ ।

– स्याउ खाँदा खोकी लाग्ने समस्या पनि कम हुँदै जान्छ । स्याउको जुसमा मिश्री र मरिच मिसाएर दैनिक पिउने गर्दा खोकी निको हुन्छ ।

– आँखा सुन्निने वा अन्य आँखासम्बन्धि समस्यामा स्याउका टुक्राहरु आगोमा सेकाएर आँखालाई सेकाउनुपर्छ । यसले आँखामा भएका हरेक समस्याहरुमा फाइदा गर्छ ।

– उमेर बढेसँगै आउने दिमागी समस्याहरु र चिन्ताबाट बच्न साथै दाँतलाई स्वस्थ्य राख्न स्याउ खाने गर्नुपर्छ ।

– स्याउमा डाइट्री फाइभर्स भरपुर मात्रामा पाइन्छ जसले पाचन प्रक्रियामा समेत फाइदा पुग्छ ।

– हरेक दिन स्याउ खाने गर्दा क्यान्सर हुनबाट बच्न सकिन्छ । स्याउको नियमित सेवनले मधुमेहको सम्भावना समेत कम हुन्छ ।

प्रकाशित मिति : २० असार २०७७ शनिबार ००:००  ५ : १२ बजे