१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बाणगंगा ४ झुँगाकी एकल महिला केसीद्धारा हरिको उपचारमा १० हजार सहयोग



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका ४ झुँगाका दुवै मृगौल पीडित हरि न्यौपानेलाई सोही गाउँकी एक एकल महिलाले १० हजार रुपैयाँ सहयोग गर्नु भएको छ । हरिको घरमै गएर उहाँले परिवारलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

हरिको यो अवस्थाबारे थाहा पाइसकेपछि थोरै भए पनि उहाँले सहयोग गरेको मायादेवी अनलाइनसंग बताउनु भयो । केही बर्ष पहिले श्रीमान गुमाउनु भएकी उहाँ अहिले छोरा बुहारी, छोरी र नातिनातिनासंगै नै बस्नु भएको छ ।

परिवारको एक जना सदस्य पनि तलमाथि हुँदा कस्तो पीडा हुन्छ भन्ने कुरा आफूले राम्रोसंग महसुस गरेको भन्दै साहाराविहिन भएका हरिको उपचारमा सहयोग गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘बुबा र दाजु गुमाउँदा हरिलाई कस्तो पीडा भए होला ? अहिले उनलाई यस्तो प्राणघातक रोग लागेको छ । सबै मिलेर बचाउनु पर्दछ ।’ हरिका दुवै मृगौला खराब छन् भन्दा निकै दुख लाग्यो । मन भरिएर आयो, दुख पनि जहिले यही परिवारमा हरे शिव ! दुखी हुँदै केसीले भन्नुभयो ।

गाउँको नभएर मानवताको लागि भन्दै सहयोग गरेको बताउँदै सबैलाई जतिसक्दो सहयोग गर्न अनुरोध पनि गर्नुभएको छ । सहयोग पाएपछि हरिकी आमाले पनि धन्यबाद दिनुभयो । सबैको सानो ठुलो सहयोगले छोरो बाँच्न सक्ने भन्दै जतिसक्दो चाँडो सहयोग जुटाइदिन उहाँको विन्ति छ ।

हरिको उपचारको लागि आर्थिक श्रोत जुट्ने क्रम जारी छ । अहिलेसम्म भनेजस्तो सहयोग अझै जुट्न नसकेको परिवारले जनाएको छ । हरिको मिगौल प्रत्यारेपणको लागि १० देखि १५ लाख रुपैयाँ कम्तिमा पनि चाहिने डाक्टरले बताएका आमा मनकला न्यौपानेले बताउनु भयो ।

प्रकाशित मिति : २१ असार २०७७ आइतबार ००:००  ४ : १० बजे