१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित, पर्सि बिहान ११ बजे बस्ने



काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। नेतृत्वमा देखिएको विवादका कारण यसअघि पनि स्थगित भएको बैठक पुनः दुई दिन पछि धकेलिएको हो। बैठक पर्सि बिहान ११ बजेसम्मका लागि स्थगित भएको नेकपाका प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

गत असार १० गते सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा विभिन्न समसामयिक विषयहरुमा छलफल गर्ने भनिए पनि प्रधानमन्त्रीको राजीनामा माग भएपछि बैठक तनावपूर्ण बन्दै आएको छ। नेतृत्वको विवादका कारण पछिल्ला केही दिनयता बैठक स्थगित नै गरिएको छ।

शीर्ष नेताहरु दुई खेमामा विभाजित भएर राजीनामा दिनै पर्ने र दिँदै नदिने अडानका कारण नेकपा फुटको संघारमा पुगेको छ। पार्टीको आन्तरिक विवादकै क्रममा प्रधानमन्त्री ओलीले संघीय संसदको वर्षे अधिवेशन अन्त्य गराएका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा ल्याउने प्रयास भएको छ।

प्रकाशित मिति : २२ असार २०७७ सोमबार ००:००  १० : ०१ बजे