२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मन्त्रिपरिषद् बैठक ४ बजे बस्ने, आइजिपी नियुक्त गर्न सक्ने



काठमाडौं ।
मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । उक्त बैठकले प्रहरी महानिरीक्षक नियुक्त गर्ने सम्भावना रहेको स्रोतले बतायो। अहिलेका आइजिपी ठाकुर ज्ञवाली भोलि बुधबारबाट अवकास पाउँदैछन्। उनी ३० वर्षे सेवा अवधिका कारणले नियमित अवकासमा बस्न लागेका हुन्।
सरकारले एआइजीहरूमध्येबाट नयाँ आइजिपी नियुक्त गर्दैछ ।
एआइजीद्वय शैलेश थापा क्षेत्री र हरिबहादुर पालमध्ये एक जना आइजिपी हुनेछन्।
उनीहरूमध्ये जो आइजिपी भए पनि २२ महिना सेवा गर्नेछन्। अहिलेका आइजिपी ज्ञवाली पाँच महिना मात्रै उक्त पदमा रहे। उनी गत माघमा आइजिपी भएका थिए।

प्रकाशित मिति : २३ असार २०७७ मंगलबार ००:००  १ : ४२ बजे