१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ५ लाख ३५ हजार नाघ्यो



एजेन्सी ।
कोरोना भाइरसको महामारीका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ३५ हजार नाघेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ३५ हजार ७५९ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्राजिल छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७७ बुधबार ००:००  ६ : ०६ बजे