७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

वेष्ट ह्याम रेलिगेशनबाट जोगिने !



एजेन्सी ।
वेष्ट ह्याम युनाइटेड रेलिगेशनबाट जोगिने सम्भावना बलियो भएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वाट्फोर्डलाई ३–१ ले पराजित गरेसँगै वेष्ट ह्याम रेलिगेशनबाट जोगिने लगभग पक्का भएको हो ।

घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्यामले पहिलो हाफमा तीन गोल गरेर दोस्रो हाफमा एक गोल खाएको हो।

वेष्ट ह्यामका लागि छैटौँ मिनेटमा मिकेल एन्टोनियो, १० औँ मिनेटमा टोमस सुचेक तथा ३६ औँ मिनेटमा डेक्लन राइसले गोल गरेका हुन् । वाट्फोर्डका लागि ट्रोय डीनीले ४९ औँ मिनेटमा एक गोल फर्काए ।

जितपछि १५ औँ स्थानमा पुगेको वेष्ट ह्यामको ३६ खेलबाट ३७ अंक भएको छ। पराजित भएको वाट्फोर्ड ३४ अंकसहित १७ औँ स्थानमा छ । रेलिगेशन जोनमा रहेका बोर्नमाउथ र एस्टन भिल्लाको समान ३१ अंक रहेको छ ।

वेष्ट ह्यामका कप्तान मार्क नोबलले आफ्नो क्लब प्रिमियर लिगमा रहन योग्य रहेको बताएका छन्।

प्रकाशित मिति : ३ श्रावण २०७७ शनिबार ००:००  ९ : ४० बजे