१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

कोरोनाबाट प्रदेश २ मा थप एकजनाको मृत्यु



जनकपुरधाम ।
कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ।

कोरोनाको संक्रमणबाट महोत्तरीको महोत्तरी गाउँपालिकाका ६४ वर्षीय पुरुषको धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए।

मंगलबार राति नै संक्रमितको मृत्यु भएको उनले बताए।

कोरोनाबाट मृत्यु भएका पुरुष क्यान्सर रोगी थिए। उनी क्यान्सरको चौथो स्टेजमा रहेका थिए। मृतक आफ्नो छोरीको घर भारत गएर फर्केका थिए।

यो सँगै यस प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ।

बारा र रौतहटमा दुई-दुई जना र सप्तरी र पर्सामा एक-एक जनाको कोरोनाबाट मृत्यु भएको थियो भने अब महोत्तरीमा समेत एकजनाको मृत्यु भएको छ।

प्रकाशित मिति : ७ श्रावण २०७७ बुधबार ००:००  ९ : १९ बजे