१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

कोरोनाबाट प्रतिदिन हजार बढी मृत्यु हुने तीन मुलुकमा भारत पनि



एजेन्सी ।

कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार भाइरस संक्रमणबाट सर्वाधिक प्रभावित ३ मुलुक अमेरिका, ब्राजिल र भारतमा २४ घण्टाको अवधिमा हजार बढी मानिसको ज्यान गएको छ।

वर्ल्डमिटरको तथ्यांकका अनुसार बितेका २४ घण्टामा कोरोनाबाट सर्वाधिक प्रभावित मुलुक अमेरिकामा १२ सय ५ जनाको मृत्यु भएको छ भने ब्राजिलमा १२ सय ९३ जनाको मृत्यु भएको छ।

यसैगरी तेश्रो धेरै संक्रमित फेला परेको भारतमा १२ सय २० जनाको मृत्यु भएको छ।

वर्ल्डमिटरका अनुसार अमेरिका र ब्राजिलमा लगातार दोश्रो दिन हजारबढीको संख्यामा मृत्यु भएको हो भने भारतमा भने बुधबार यो संख्या हजार नाघेको हो।

यी मुलुकमा पछिल्लो २४ घण्टामा उल्लेख्य संख्यामा नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा २४ घण्टामा ७१ हजार ९ सय ६७ नयाँ संक्रमित थपिएका छन् भने दोश्रो र तेश्रो धेरै संक्रमित रहेका ब्राजिल र भारतमा यो संख्या क्रमशः ६५ हजार ३ सय ३९ र ४५ हजार ५ सय ९९ रहेको छ।

हालसम्म अमेरिका, ब्राजिल र भारतमा कोरोनाका कारण क्रमशः १ लाख ४६ हजार १ सय ८३, ८२ हजार ८ सय ९० तथा २९ हजार ८ सय ९० जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : ८ श्रावण २०७७ बिहिबार ००:००  ११ : १२ बजे