रेडियो   टिभी

कोभिड-१९ को असर हुँदा हुँदै आन्तरिक राजश्व कार्यालय कृष्णनगर लक्ष्य नजिक


मायादेवी अनलाइन, चार नम्बर ।
आन्तरिक राजस्व कार्यलय कृष्णनगरले गत आवमा लिइएका विभिन्न शिर्षक मध्य धेरैजसोमा सफलता हात पारेको छ । कार्यलयले गत आर्थिक वर्ष ०७६/०७७ मा विभिन्न १४ वटा परिसुचकमा लक्ष्य राखेको थियो ।

जस मध्ये कार्यलयले दिएको प्रतिशतको तथ्याङ्क अनुसार १४ वटा परिसुचक मध्ये ७ वटा परिसुचकमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ भने ७ वटा परिसुचकमा लक्ष्य प्राप्त गर्न असफल भएको छ ।

तथ्याङ्क अनुसार सबैभन्दा बढी अनिवार्य मुल्य अभिबृद्धी करबाट राजस्व संकलन भएको छ । मुल्य अभिबृद्धी करमा २५ प्रतिशत लक्ष्य लिएकोमा १ सय ३२ अर्थात लक्ष्य भन्दा बढी ५ सय २८ प्रतिशत राजस्व संकलन भएको कार्यालय प्रमुख पूर्ण प्रसाद न्यौपानेले बताउनुभयो ।

यस्तै ब्यक्तिगत प्यान दर्ता तर्फ २ हजार ४ सय लक्ष्य लिएकोमा ८ हजार ४ सय १६ अर्थात लक्ष्य भन्दा ३ सय ५१ प्रतिशत बढी राजस्व संकलन भएको छ भने ब्यवसायीक प्यान दर्ता तर्फ लक्ष्य भन्दा १ सय ३९ प्रतिशत बढी राजस्व संकलन भएको हो ।

यसैगरी अनुसन्धानात्मक कर परिक्षण संख्यामा पनि लक्ष्य भन्दा बढी २ सय ५० प्रतिशत राजस्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख न्यौपानले बताउनुभयो ।

यस्तै आय विवरण पेश गर्ने करदाता संख्या १ हजार ७ सय १५ रहेको छ जुन लक्ष्य भन्दा १ सय २२ प्रतिशत बढी हो । अन्त शुल्कमा दर्ता तथा नविकरण संख्या २ हजार ३ सय ९८ रहेको छ यो पनि लक्ष्य भन्दा १ सय २० प्रतिशत बढी हो ।

कार्यालयले अर्को परिसुचक कर शिविर तथा करदाता शिक्षामा पनि लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । कर शिविर तथा करदाता शिक्षामा १ सय ४ प्रतिशत राजस्व संकलन गरेको छ ।

विभिन्न ७ परिसुचकमा सफलता हासिल गरेको राजस्व कार्यलयले ७ वटै परिसुचकमा भने लक्ष्य सम्म पुग्न सकेको छैन । कार्यलयले उपलब्ध गराएको तथ्याङक अनुसार २ परिसुचकमा लक्ष्यको शुल्य प्रतिशत पनि राजस्व संकलन भएको छैन् । जसमा अन्त शुक्ल छलि कारबाही र कर प्रशिक्षणबाट संकलन गरेका शिर्षक रहेका छन् ।

कोभिड–१९ का कारण कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न भने नसकेको कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो । लक्ष्यको ७३.८४ प्रतिशत राजस्व संकलन गरिएको उहाले बताउनुभयो । एक वर्षको अवधिमा १ अर्ब ७९ करोड २ लाख ३० हजार राजस्व संकलन भएको छ ।

गत वर्ष कर सम्बन्धि उद्योग वाणिज्य संघ तथा विभिन्न व्यापारीक निकायसँग सहकार्य गरी छलफल तथा कर शिक्षा प्रदान गरिएको न्यौपानेले बताउनुभयो । कार्यालयले एक वर्षको अवधिमा कार्यालय हाताभित्र बैंक काउन्टर सञ्चालन गरेको जनाएको छ ।

यो पनि…

करको काम गर्न कृष्णनगर जाने बाध्यता टर्‍यो, आजदेखि तौलिहवामा सेवा सुरु

कार्यालयले जिल्लाको तौलिहवा र अर्घाखाँची जिल्लामा करदाता सेवा कार्यालय स्थापनालाई मुख्य उपलब्धिको रुपमा हेरेको छ । आर्थिक अनुशासन कायम गराउँदै प्रभावकारी कर प्रशासनका लागि कार्यालयले नियमित रुपमा अनुगमन समेत गरिरहेको प्रमुख न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस