४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कपिलवस्तुको उत्तरी क्षेत्रका वाणगंगा र शिवराजमा मात्र कोरोना संक्रमित, अरु संक्रमण मुक्त !



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको उत्तरी क्षेत्रमा रहेका दुई नगरपालिकामा कोरोना संक्रमित बढ्न थालेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये ८ स्थानीय तह कोरोना मुक्त हुँदा वाणगंगा र शिवराज नगरपालिकामा संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य कार्यालय कपिलवस्तुको पछिल्लो तथ्याङ्क अनुसार शिवराज नगरपालिकामा सबैभन्दा बढी ३६ जना कोरोनाका विरामी रहेका छन् भने वाणगंगा नगरपालिकामा ६ जना रहेका छन् ।

शिवराजका ३६ जना मध्ये १३ जना समुदायस्तरका हुन् । यस्तै वाणगंगाका सातै जना दोस्रो तथा तेस्रो मुलुकबाट आएका रहेको जनाइएको छ ।

पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको मायादेवी र सबैभन्दा बढी संक्रमित पुगेका यशोधरा गाउँपालिका कोरोना मुक्त हुँदा वाणगंगा र शिवराजमा कोरोना संक्रमण देखिएको हो ।

बैशाख अन्तिम हप्तादेखि जिल्लामा देखिन थालेको कोरोना जेष्ठ दोस्रो हप्ताबाट क्रमश घट्दोक्रममा रहेका थिए । केन्द्र सरकारले स्वास्थ्य मापदण्डमा खुकुलो पारेसंगै कोरोनाका विरामी एकाएक घटेका हुन् ।

कोरोना परिक्षणको दायरा बढ्न नसक्नु, कोरोनाको लक्षण देखिएका विरामी नभेटिनुले सरकारी अधिकारी ढुक्क जस्तै बनेपनि साउन पहिलो हप्ता देखि जिल्लामा दोस्रो चरणमा कोरोनाका विरामी देखिन थालेका हुन् ।

प्रकाशित मिति : १५ श्रावण २०७७ बिहिबार ००:००  ९ : ०१ बजे