३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

दाङका २, बाँकेका २७ जनासहित ३६ जनामा कोरोना पुष्टि



बाँके ।
बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको स्वाब परिक्षणमा दाङका २ जनासहित ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ का र गढवा गाउँपालिका वडा नम्बर ४ का एक एक जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

यसैबीच भेरी अस्पतालमा गरिएको परिक्षणमा बाँकेमा मात्र २७ जनामा कोरोना संक्रमण देखिएको छ। नेपालगन्जको त्रिभुवन चोक क्षेत्र, आन्तरिक राजस्व कार्यालयबाट संकलन गरिएको स्वाबको नमुना परिक्षण गर्दा एकै पटक २७ जनामा कोरोना संक्रमण देखिएको हो।

आन्तरिक राजस्व कार्यालयबाट संकलन गरिएको ६४ नमुना मध्ये ११ जनाका कोरोना संक्रमण देखिएको छ। त्यसै गरी त्रिभुवन चोक क्षेत्रमा संकलन गरिएको स्वाबबाट थप १६ जनामा कोरोना पोजेटिभ देखिएको छ। योसँगै बाँकेमा कोराना पोजेटिभको संख्या ४ सय ३४ पुगेको छ।

एकै पटक २७ जना मा कोरोना पोजेटिभ देखिएको बाँकेमा सुरक्षा र स्वास्थ्य अधिकारीहरुको आपतकालिन बैठक सुरु भएको छ। त्यसै गरी बर्दियाका ७ जनामा पनि कोरोना देखिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७ बिहिबार ००:००  ५ : ५९ बजे