१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गुल्मीमा पहिरो, एकै घरका चार जनाको मृत्यु



गुल्मी ।
शुक्रबार गुल्मीमा पहिरोमा पुरिएर एकैघरका चार जनाको मृत्यु भएको छ । गुल्मीको रुरू गाउँपालिका वडा नम्बर ५ आँटिपाटामा पहिरोले घर पुर्दा आमासहित तीन जना बालबालिकाको मृत्यु भएको हो ।

स्थानीय मेघराज गिरीका अनुसार घरमाथिबाट झरेको पहिरोसहितको ठूलो ढुङ्गाले घर पुर्दा घरभित्र रहेकी बिना माझी, उनका दुई छोरी र एक छोराको मृत्यु भएको हो ।

शुक्रबार राति आठ बजेतिर ढुङ्गा झरेर घरलाई च्यापेपछि चारै जनाको घटनास्थलमै मृत्यु भएको गिरीले जानकारी दिए । चारै जनाको शवलाई पहिरोबाट उद्धार गरी स्थानीय विद्यालयमा राखिएको छ।

मृतक बिनाका श्रीमान रोजगारीको लागि भारतमा छन् । गुल्मीमा केही दिनयता ठूलो पानी परिरहेको छ । गएराति पनि त्यहाँ पानी परिरहेको गिरीले जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०७७ शुक्रबार ००:००  ९ : ५४ बजे